बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

प्रतिपक्षी दलको नेताले पहिले बोल्न नदिएकोमा देउवाप्रति ओलीको व्यंग्य

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलको नेतालाई पहिले बोल्न नदिएको भन्दै देउवा प्रति व्यंग्य गरेका छन् । उनले वर्तमान संसदको कार्यकालको अन्तिम दिन बोल्दै व्यंग्य गरेका हुन् । 

‘अहिलेका वर्तमान सम्माननीय प्रधानमन्त्री प्रतिपक्षी दलको नेता हुँदा प्रतिपक्षी दलको नेताले पहिले बोल्न पाउनुपर्छ भनेर उहाँको नेतृत्वमा वेल घेर्ने काम भएको थियो,’ उनले भने, ‘  एउटा नयाँ कल्चर स्थापना गर्नुभएको थियो । यो पटक पालना गर्नु भएन किन हो मलाई याद भएन ? उहाँहरूले आन्दोलन गरेर स्थापित गर्नुभएजस्तो लाग्छ ।’

अध्यक्ष ओलीले राजनीतिमा मौसमी कुराहरू हुने भन्दै यस्तो पद्धति नपछ्याएको बताए ।

‘तर, मलाई चै त्यो पछ्याउन पनि मन लागेन। त्यही भएर हामी प्रतिपक्ष भएर पनि यस्ता कतिपय कुरा नपछ्याउँ जस्तो लाग्यो,’ उनले भने, ‘राजनीतिमा मौसमी कुराहरू उपयुक्त हुँदैनन् । कुनै पनि चिजको मर्यादा हुन्छ ति चिजहरूलाई पालना गर्नु वाञ्छनीय हुन्छ ।’