निलम्बित प्रधानन्यायधीश जबराविरुद्धको प्रतिवेदन आजै संसद् सचिवालयमा बुझाइने

काठमाडौँ - निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज नै संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले बताए । उनका अनुसार आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद् सचिवालयमा प्रतिवेदन बुझाउने तयारी छ।
आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गरेको र समिति सदस्यहरूको प्रतिप्रश्नको समेत जवाफ दिएको उनले बताए । ‘आज उहाँले बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरूले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो,' उनले भने, 'पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’
समितिका सभापति रामबहादुर विष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए । ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ,' उनले भने, 'आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’ समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया