कर्णाली प्रदेश सभाको १०औं अधिवेशन अन्त्य

सुर्खेत - कर्णाली प्रदेश सभाको १०औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभाको दशौंं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गरेका प्रदेश सभा सचिवालयका उपसचिव ((कानुन) तेजप्रकाश जोशीले जानकारी दिए ।
दशौं अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल पनि सकिएको छ । अब प्रदेश सभाको अधिवेशन बस्दैन । अर्को कार्यकालका लागि आगामी मंसिरका निर्वाचन हुँदैछ । दशौँ अधिवेशनको अवधिसम्म प्रदेश सभाको २१५ पटक बैठक बसेको छ ।
प्रदेश सभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टुंग्याएको थियो । यस अवधिमा केही महत्व्पूर्ण विधेयकहरु प्रदेश सभाले पारित गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए ।
अधिवेशन अन्त्य भए पनि प्रदेश सभा सदस्यहरुको कार्यकाल कहिलेसम्म रहने भने प्रष्ट छैन । सभामुख राजबहादुर शाहीले भने, ‘कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन । कानुन बनाउनुपर्ने थियो । अहिले कानुन नबनेकाले कहिलेसम्म हुने भन्नै छैन । निर्वाचनको नोमिनेसनसम्म कार्यकाल रहने की भन्ने आ–आफ्नै बहस भइरहेका छन् ।’
अब निर्वाचन नहुने समयसम्म प्रदेश सभा सचिवालयले प्रशासनिक काम गर्नेछ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयले अब प्रशासनिक गतिविधि गर्ने जानकारी दिए । उनले अब सभाले गरेका कामहरु बेवसाइडमा राख्ने, प्रतिवेदनहरू व्यवस्थित गर्नेलगायतका काम गर्ने बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया