फुलह्याम र एस्टन भिल्लाको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत फुलह्याम र एस्टन भिल्लाले जित हात पारेका छन् । शुक्रबार राति भएको खेलमा फुलह्यामले नटिङ्घम फरेष्टलाई ३-२ गोल अन्तरले पराजित गर्यो ।
फुलह्यामको जितमा टोसिन आडारोवियो, जोअवो पाल्हिन्हा र ह्यारिसन रिडले एक-एक गोल गरे । फरेस्टका लागि टाइवो अवोनिया र लेविस ओ’ब्रायनले एक-एक गोल गरे ।
टाइवो अवोनियाले ११ औँ मिनेटमा गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर फुलह्यामका टोसिन आडारोवियोले ५४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
जोअवो पाल्हिन्हाले ५७ औँ मिनेटमा गोल गर्दै फुलह्यामलाई २-१ को अग्रता दिलाए । ह्यारिसन रिडले ६० औँ मिनेटमा फुलह्यामका लागि अर्को गोल थपे ।
फरेस्टका लागि लेविस ओ’ब्रायनले ७७ औँ मिनेटमा एक गोल थपेपनि पराजयबाट जोगाउन सकेनन् ।
यता जाकोब राम्सेको एकमात्र गोलमा एस्टन भिल्लाले साउथ्याम्पटनलाई १-० ले पराजित गर्यो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया