‘गजनी’देखि ‘चक दे’सम्म, सलमानले छाडेका फिल्म जुन भए सुपरहिट

मुम्बई : उनकै उमेरका कलाकार चरित्र अभिनेतामा सिमित हुँदा पनि सलमान आज पनि आफूभन्दा दोब्बर कम उमेरका हिरोइनसँग रोमान्स गरिरहेका छैनन् । त्यति मात्र हैन, पछिल्लो समय सलमान अभिनीत कुनै फिल्म फिल्मले गतिलो व्यापार गरेका छैनन् तर पनि हलमा उनका फिल्मको प्रतीक्षा रहन्छ ।
औसत फिल्म खेलेर पनि स्टारडम कायम गर्ने अभिनेतामा पर्छन् सलमान खान । ‘मैंने प्यार किया है’ छाडेर सुुपरहिट भएका केही फिल्ममा उनले क्रेडिट पनि पाएनन् । ‘हम आपकै है कौन’ सलमान खानको जीवनको सबैभन्दा हिट फिल्म हो तर यो फिल्ममा सलमानको भन्दा ज्यादा चर्चा माधुरी दिक्षितको भएको थियो ।
‘वान्टेड’ पछि मात्र हो, सलमान एक्लैले फिल्म धान्न थालेको । तर, त्यसयता भने फिल्म जस्तो सुकै होस् सलमान उभिएपछि त्यो फिल्मको सय करोड ग्यारेन्टी । तर, ३२ वर्ष लामो फिल्मी करिअरमा सलमानले यस्ता केही फिल्मको अफर छाडेका जुन पछि गएर ट्रेन्ड सेटर भए ।
यसमा ‘गजनी’, ‘चक दे इन्डिया’ ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ आदि पर्छन् जुन सबैभन्दा पहिला सलमानलाई अफर गरिएका थिए तर उनले अस्वीकार गरेपछि अरु हिरोको पोल्टामा परेका थिए । सलमानले छाडेका केही फिल्म जो सुपरहिट मात्र भएनन्, माइलस्टोन भए ।
१. बाजीगर
‘बाजीगर’ यस्तो फिल्म थियो जसले शाहरुख खानलाई रातारात स्टार बनायो । तर, यो फिल्म शाहरुखले गर्नुभन्दा पहिला सलमान खानलाई अफर गरिएको थियो । सलमानले एन्टि हिरो जस्तो देखिने भूमिका गर्ने कि नगर्ने भनेर लेखक बुबा सलिम खानलाई सोधेका थिए । सलिमले स्क्रिप्ट पढेर त्यसमा आमाको भूमिका थपेमा सलमानले फिल्म गर्दा हुने सुझाव दिएका थिए । सलमानले सोही कुरा निर्देशक अब्बास मस्तानलाई भने । तर, सलमानको सुझाव मान्न दुवै तयार भएनन् । तर पछि उनीहरूले आमाको भूमिका थपेर शाहरुखलाई लिए । अनि यो फिल्मले शाहरुखलाई रातारात स्टार बनायो ।
२.दिलवाले दुल्हनियाँ ले जाएँगे
‘बाजीगर’ मात्र होइन सलमानले छाडेको अर्को फिल्म गरेर त शाहरुखले करिअरमा बाँकी हिरोलाई कति हो कति पछि धकेले । यो फिल्म थियो हिन्दी सिनेमाकै सबैभन्दा हिट फिल्म ‘ दिलवाले दुल्हनियाँ ले जाएँगे’ । आदित्य चोपडा निर्देशित यो फिल्म पनि सुरुमा सलमानलाई अफर गरिएको थियो । तर, अर्को फिल्मसँग जुधेपछि यो फिल्म सलमानले गरेनन् । गरेनन् मात्र होइन, उनले नै शाहरुखलाई यो फिल्म खेल्न प्रेरित गरेका थिए । सलमानले नभ्याएपछि यो फिल्मको कुरा सैफअलि खान र टम क्रुजसम्म पनि पुगेको थियो ।
३.चक दे इन्डिया
शाहरुखको जीवनको अर्को सफल फिल्म ‘चक दे इन्डिया’ पनि शाहरुखभन्दा पहिला सलमानलाई नै अफर गरिएको थियो । सलमानले यो फिल्म आफ्नो इमेजभन्दा भिन्न रहेको भन्दै अस्वीकार गरेका थिए । सलमान उसबेला कमेडी विधाका फिल्म गरिरहेका थिए र आफ्ना फ्यान आफूलाई गम्भीर भूमिकामा देख्न तयार नभएको भन्दै यो फिल्म गर्न इन्कार गरेका थिए । पछि यो फिल्म शाहरुखले गरेका थिए ।
४. गजनी
यो फिल्मको स्क्रिप्ट सबैभन्दा पहिला आमिर खानले पढेका थिए । आमिर खानले स्क्रिप्ट पढपछि निर्मातालाई यो भूमिकाका लागि सलमान खान उपयुक्त हुने सुझाएका थिए । निर्माता पनि आमिरको सल्लाह मानेर सलमानलाई फिल्मको प्रस्ताव लिएर गएका थिए तर खै किन हो ? सलमानले यो फिल्म गर्न मानेनन् । सलमानले नाइँ भनेपछि बल्ल आमिरले यो फिल्मको तयारी सुरु गरेका थिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया