नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षिका उर्मिला देवीविरुद्ध मुद्दा दायर
काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षिका उर्मिला देवीविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक पदमा नियुक्ति लिएको आरोपमा उर्मिलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नक्कली प्रमाणपत्र र झूटा विवरण पेस गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया