बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

थप १ सय १० जनामा कोभिड संक्रमण, एककाे मृत्यु

काठमाडौँ- नेपालमा थप १ सय १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टिजेन परीक्षणका क्रममा ५० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय २६ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।