माथिल्लो दोर्दी ‘ए’को निर्माण कार्य पूरा

लमजुङ- माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो ।
“हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छाँै । अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ”, आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भने । नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवद्र्धक बस्तीको भनाइ थियो।
“आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत गृहमा झारिने छ ।” उनले भने । यसको सफल परीक्षणसमेत भइसकेको छ । उक्त आयोजना रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख पुग्ने आयोजनाले जनाएको छ । उक्तआयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन ।
सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आइएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनामा १२ दशमलव पाँच प्रतिशतका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया