भुटानलाई पराजित गर्दै बंगलादेश साफको फाइनलमा

काठमाडौँ- बंगलादेश साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोलअन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।
बंगलादेश दोस्रो पटक च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । यसअघि चौँथो संस्करणमा फाइनलमा बंगलादेशले भारतसँग ३-१ को पराजय भोगेको थियो ।
यसपटक फाइनल पुर्याउन बंगलादेशका लागि कप्तान सबिना खातुनले ह्यट्रिक गोल तथा मोसामत सोपना, श्रीमोती सरकार, तोहुरा खातुन, मासुरा प्रविण र रितु पोर्नाले एक-एक गोल गरे ।
च्याम्पियनसीप अन्तर्गत सबिनाको यो आठौँ गोल हो र उनी गोल्डेन बुटको सबैभन्दा बलियो दावेदार समेत बनेकी छन् ।
बंगलादेशले अब भारत र नेपालबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया