बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

सार्वजनिक ऋण व्यवस्थापन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ- प्रतिनिधि सभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हालेकी ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ ।

त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेकी हुन् ।

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेस गरेकी थिइन् ।

प्रतिनिधि सभाको अर्को बैठक असोज १ गते शनिबार बोलाइएको छ ।