जोखिम बढे पनि विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको आशय

काठमाडौँ : कोभिड-१९ को जोखिम बढ्दै गएपनि शिक्षा मन्त्रालयलले विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति जारी गरेको छ । शुक्रबार कोभिड-१९ को त्रास बढेका बेला चौतर्फी दबाब आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भएपनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
यद्यपी विद्यालय बन्द गर्नुपर्ने अवस्था आए स्थानीय तह, जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र (डिसीसीएमसी)सँग समन्वय गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानी लगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । विद्यालय सञ्चालन गर्दा वा कोभिड १९ कारण बन्द विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट जारी भएका तीन वटै बुँदामा विद्यालय बन्द गर्नुपर्ने शब्द उल्लेख छैन । कोभिड १९ को त्रास बढेर अभिभावक आफ्ना छोराछोरी विद्यालय पठाउन डराइरहेका बेला शिक्षा मन्त्रालयले ठोस निर्णय दिन नसक्दा नागरिक झन् अन्यौलमा परेका छन् ।
यद्यपी विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई छ । मन्त्रालयले यसअघि नै कोभिड-१९ संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ । केही स्थानीय तहले कोभिड-१९ को त्रास बढेपछि विद्यालय बन्द गरिसकेका छन् ।
र, याे पनि
- विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई चर्को दबाब
- काठमाडौँ महानगरपालिका भन्छ- कोभिड १९ भेटिए मात्र विद्यालय बन्द गर्नू

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया