पारसले त्रिकोणात्मक श्रृंखला गुमाउने

काठमाडौँ: पारस खड्काले शनिबारबाट सुरु हुने त्रिकोणात्मक टि-ट्वान्टी श्रृंखला गुमाउने भएका छन् । आइतबार अभ्यासका क्रममा काँधको चोट बोकपछि पारसले नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलत श्रृंखला नखेल्ने भएका हुन् ।
पारसले सामाजिक सञ्जालमार्फत आफूले अबको दुईदेखि तीन साताका आराम र फिजियोथेरापीमा रहने बताएका छन् । आफू मैदानमा नरहने भए पनि नेपाली टिम यस श्रृंखला जित्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।
त्रिकोणात्मक टि-ट्वान्टी श्रृंखला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरिसकिएको छ ।
शृंखलाको उद्घाटन खेलमा घरेलु टिम नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । बैशाख ५ मा हुने दोस्रो खेलमा नेदरल्यान्ड्स र मलेसिया आमनेसामने हुनेछन् ।
त्यसैगरी, बैशाख ७ मा नेपालले फेरि नेदरल्यान्ड्सको चुनौति सामना गर्नेछ । बैशाख ८ मा मलेसिया र नेदरल्यान्ड्स खेल्नेछन् अनि बैशाख ९ मा मलेसिया र आयोजक नेपाल दोस्रो मलेसिया दोस्रो पटक भिड्नेछन् । डबल राउण्ड रोबिनको आधारमा हुने शृंखलामा शीर्ष दुईमा रहने टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका
वैशाख ४ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ नेपालविरुद्ध मलेसिया
वैशाख ७ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ नेपालविरुद्ध मलेसिया
वैशाख १० विश्राम
वैशाख ११ फाइनल

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया