मकवानपुरमा थपिए ९८ जना डेंगु संक्रमित
उपमहानगरकाे डेंगु नियन्त्रण अभियान जारी

मकवानपुर- पछिल्लाे २४ घण्टामा मकवानपुरमा ९८ जनामा डेंगु संक्रमित पुष्टि भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । योसँगै जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको छ ।
मकवानपुर जिल्लाको १० पालिका मध्ये ८ पालिकामा डेगुंका बिरामी भेटिएकाे स्वास्थ्य कार्यालयका लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाकाे हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार हेटौंडा उपमहानगरपालिकामा १ हजार ३ सय ५५ जना, मकवानपुरगढी गाउँपालिकामा १९, थाहा नगरपालिकामा १७ जनामा डेंगु संक्रमित भेटिएका छन् ।
यसैगरी मनहरी गाउँपालिकामा १७, भिमफेदी गाउँपालिकामा ११, बकैया गाउँपालिकामा ५, बागमती गाउँपालिकामा ३ र राक्सिराङ गाउँपालिकामा १, कैलाश गाउँपालिकामा १ जनामा डेंगु संक्रमित भेटिएको घिमिरेले बताए । हालसम्म इन्द्रसरोवर गाउँपालिकामा भने डेंगु संक्रमित भेटिएका छैनन् । हालसम्म हेटाैंडा उपमहानगरपालिकाका १ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।
डेगुं सङ्क्रमित बिरामीले मकवानपुरका सरकारी अस्पतालसहित निजी अस्पताल डेगुंका बिरामीले भरिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । सरकारी अस्पताल हेटौंडा अस्पताल तथा चुरेहिल, सहकारी, सन्चो, सिटी लगायतका निजी अस्पतालमा डेगुंका बिरामीले भरिएकाे सूचना अधिकारी घिमिरेले बताए । गम्भीर प्रकृतिका बिरामीलाई छिमेकी जिल्ला चितवन र काठमाडौँको अस्पतालमा रिफर गरिएको उनले बताए । उनका अनुसार कुन अस्पतालमा कति कति छन्, बिवरण आएको छैन ।
उपमहानगरकाे डेंगु नियन्त्रण अभियान
हेटाैंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुका बिरामी बढ्दै गएपछि उपमहानगरपालिकाबाट थालिएकाे स्प्रे अभियान नगरका विभिन्न वडाहरूमा चलिरहेकाे उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाकाे जनस्वास्थ्य शाखाका अनुसार अहिलेसम्म हेटौंडा उपमहानगरपालिकाका १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नियमित रूपमा स्प्रे गर्दै आएको छ ।
डेंगु संक्रमण दर बढ्दै गएपछि नगर प्रहरी लगायतकाे जनशक्ति परिचालन गरी स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरिरहेकाे हेटौंडा उपमहानगरपालिकाले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए ।
संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको हाे । हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया