दुई महिनापछि सुनको भाउ फेरि ९० हजार नाघ्यो

काठमाडौं : सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । दुई महिनापछि सुनको भाउ ९० हजार रुपैयाँ माथि पुगेको हो ।
गत फागुन ११ मा सुनको मूल्य तोलामा ९० हजार एक सय रुपैयाँ पुगेको थियो । त्यपपछि सुनको मूल्य चैत चैत १८ मा यसको मूल्य घटेर ८५ हजार ६ सय रुपैयाँसम्म कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यसको मूल्य ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि महँगिएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रति तोला एक हजार ३ सय रुपैयाँ पुगेको छ । बिहीबार यसको मूल्य एक हजार २ सय ९० रुपैयाँ थियो ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया