स्मारिकालाई पुष्पको ‘हेल्लो हाई’
काठमाडौँ- गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ । राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड छन् ।
डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गायक बुद्धिमानले भने ।
सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले गीतमा पुष्प र स्मारिकालाई राम्रै नृत्य गराएका छन् । ‘गीतमा प्रेम व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडे अनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ उनले भने ।
गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन् । यसमा बुद्ध लामाको छायांकन , निम बाबु तामाङको कोरियोग्राफी , विकाश धमलाको सम्पादन , विनिता कठायतको स्टाइलीङ रहेको छ । भिडियोको प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया