सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कास्की- कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् । 

हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।  

माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।