यसरी सुरु हुँदैछ कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठक आज दिउँसो बस्दैछ । सरकार नै फेरबदलको टुंगो लाग्ने भएकाले सबैको ध्यान बैठकतिर गएको छ । प्रदेश राजधानी सुर्खेतस्थित चोक तथा चिया पसलहरूमा कर्णाली प्रदेशसभाको बैठकको विषयमा चर्चा चलेको छ । सानादेखि ठूला चिया पसलहरूमा विभिन्न समूहमा सरकार परिवर्तनका विषयमा आफ्ना विचारहरू व्यक्त गरेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिल ेपनि अन्य दललाई फकाएर विश्वाशको मत जुटाउने प्रयत्नमा छन् भने एमाले एकढिक्का भएर अघि बढ्ने कसरतमा लागेको छ । यता काँग्रेस र राप्रपा भने आफूहरू कतातिर बाटो लाग्दा फाइदा हुन्छ भन्ने विचार गरिरहेका छन् । यता एमाले संसदीय दलको बैठक बसिरहेको छ भने काँग्रेसका सांसदहरू पनि एकै ठाउँमा बसेर छलफलमा लागेका छन् ।
संसद सचिवालयकाअनुसार शुक्रबार बस्ने बैठकका लागि छ वटा कार्यसूची बनाइएको छ । संसद् बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आह्वानसम्बन्धीको पत्र पढेर सुनाइने कार्यक्रम छ । त्यसपछि मन्त्रालयहरूको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ ।
बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको सांसद पद रिक्त भएको जानकारी गराइने छ । तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ । चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरूले बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी गराए ।
संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ । त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन् । उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया