राष्ट्रियसभाले दुई विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठायो

काठमाडौँ- राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेश गरेका थिए ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भाद्र ३० गते बिहीबार अपरान्ह २ बजेर ५९ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया