जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई बिहीबार समितिमा बोलाइने

काठमाडौँ - महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधान न्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधान न्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
समितिले अहिले को–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको उनले बताए । बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने उनको भनाइ छ । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टिकरणका लागि बोलाउने भएको छ । बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दैछौँ,' उनले भने, 'ती व्यक्तिहरूलाई बोलाउने समितिले निर्णय गरेको छ । बार पदाधिकारी, अधिवक्तालगायत केही व्यक्तिहरूलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरूको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ । पूर्व प्रधानन्यायाधीशहरूलाई अर्को समय छ ।’
प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया