धारा जडान गर्न पलम्बरले पाँच हजार घुस मागेपछि...

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खुलालले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया