‘काम गर्न स्वतन्त्र मेयर हुनुपर्ने रहेछ’

सुर्खेत - पालिकामा राम्रो कामको सुरुवात गर्न खोज्दा दबाब आउने गरेको कर्णालीका जनप्रतिनिधिहरूको गुनासो छ । कुनै नयाँ काम गर्न खोज्दा आफ्नै दलबाट दबाब आउँदा काम गर्न सकस भएको उनीहरूले गुनासो गरेका हुन् ।
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राम्रो काम गर्ने योजना बनाएर अघि बढ्दा आउने फोन र दबाबले काम प्रभावित भएको बताए । कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलनमा घर्तीले स्वतन्त्रबाट निर्वाचन जितेका जनप्रतिनिधिभन्दा दलबाट आएका जनप्रतिनिधिलाई काम गर्न बाधा अवरोध आउने गरेको अनुभव सुनाए ।
‘साँचिकै काम गर्न स्वतन्त्रको मेयर हुनुपर्दाे रहेछ’ मेयर घर्तीले भने, ‘काठमाडौंमा बालेन र धरानमा हर्कलाई जति सहज छ, त्यो हामीलाई समस्या छ । जब कामको स्पिडमा जान खोज्यो भने यस्तो फोन र दबाब आइदिन्छ कि काम गर्न सकिँदैन ।’ अलि फरक काम गर्न खोज्दा ठूलै नेताबाट दबाब आउँने गरेको उनको भनाइ छ ।
त्यसैगरी सल्यानको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले पालिकामा सहज रुपमा काम गर्न नसकिएको बताउँछन् । पालिकामा काम भन्दा बढी राजनीतिकरण हाबी हुँदा प्रभावकारी कामहरू हुन नसकेको अनुभव सुनाए ।
साविकका गाउँ विकास समिति हुँदा लक्षित वर्गलाई जुन् रुपमा बजेट छुट्याइन्थ्यो अहिले पालिकामा त्यो अवस्था नरहेको उनको भनाइ छ । ‘वडामा पावरका आधारमा बजेट ल्याउने प्रचलन बढेको छ’ उनी भन्छन्, ‘अहिले आवश्यकता भन्दा पनि पावरका आधारमा बजेट वितरण हुन्छ ।’
अहिले प्रदेशमा अध्यक्ष र उपाध्यक्षबीच धेरै पालिकामा विवाद देखिएको उनी बताउँछन् । ‘प्रदेशका धेरै पालिकामा प्रमुख र उपप्रमुखबीच ठूलो टकराव रहेको छ’ उनी भन्छन्, ‘ प्राय पालिकाका प्रमुखहरूले भएको सबै अधिकार आफ्नो मात्र हो भन्ने मानसिकता हावी छ ।’ उपप्रमुख तथा उपाध्यक्षलाई हेप्ने र प्रमुख नै सबै कुरामा हाबी भएको अवस्था छ रहेको उनको भनाइ छ ।
संविधान राम्रा बने पनि शासकका सोचमा परिवर्तन नहुँदा समस्या आएको बस्नेत बताउँछन् । ‘स्थानीय सरकार भएको हामी जनप्रतिनिधिले नै सरकारको अनुभूति गर्न पाएका छैनौ’ उनले दुखेसो पोखे, ‘पालिकाका प्रमुख र उपप्रमुखबीचमा बढ्दो विवादले कामहरू प्रभावकारी हुन सकेको छैन ।’

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया