विकास निर्माणमा पहुँचवालाकै रजाईँ

सुर्खेत - विकास निर्माणका काममा पहुँचवालाकै रजाईँ भएको कारण कर्णालीमा सुशासन प्रवर्द्धन हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश तथा स्थानीय तहका सरकारका विकास निर्माणका हरेक कामहरू पहुँचकै आधारमा वितरण हुने गरिएको कर्णालीका नागरिक अगुवाहरूको गुनासो छ ।
सहकर्मी समाजले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलनका सहभागीहरूले मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै यसको दायरा फराकिलो गराउनुपर्ने माग गर्नुका साथै स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताए । कर्णाली सरकारले टुक्रे योजनाहरूको साटो एकीकृत विकासको अवधारणा ल्याउनुपर्नेमा उनीहरूको जोड थियो ।
नगरिक अगुवा अनिल ढकालले स्थानीय तथा प्रदेश सरकारले आवश्यकता भन्दा पनि पहुँचकै आधारमा बजेट छुट्याउने हुँदा समस्या भएको बताएका छन् । उनले संघले प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार नदिइएको औल्याए ।
नागरिक अगुवा एंव कानुनका विद्यार्थी विनिता बोगटीले स्थानीय सरकारले दलबादी व्यवहार हाबी हुँदा गुणस्तरीय सेवा प्रवाह हुन नसकेको औल्याइन् । तीन तहकै सरकारले नीति निर्माण गरेता पनि कार्यान्वयन भने हुन नसकेको अवस्था रहेको उनको भनाइ थियो । लक्षित वर्गका केही कार्यक्रमहरू प्रभावकारी देखिएपनि प्रदेश सरकार र स्थानीय सरकारहरू पारदर्शी ढंगले कार्यक्रमहरू सञ्चालन नभएको उनले बताइन् ।
यता प्रदेशसभा सांसद मिनासिंह रखालले कर्णाली सरकार समावेशी नभएको भन्दै संविधानले दिएको कार्यान्वयन नभएको बताइन् । ‘हरेक ६ महिनामा मन्त्री बदल्ने प्रवृत्ति बढेको छ । सबैलाई मन्त्रीको भागवण्डा पुरा गर्न लागिपरेको छ सरकार’ उनी भन्छिन् , ‘अहिले केही दिनको लागि महिला मन्त्री बनाएका हुन् । समावेशीका नाममा हामी जति कराए पनि कार्यान्वयन भएको छैन ।’ ३३ प्रतिशत महिला कुनै पनि दलले सहभागिता नगराएको उनको भनाइ छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन नसक्नु चुनौतिको विषय रहेको औल्याए । त्यसैगरी यता साझा अधिकारको क्षेत्रमा काम गर्ने ऐन नबन्दा समम्स्या भएको उनको भनाइ थियो ।
उनले वडामा पावरका आधारमा बजेट ल्याउने गरेको बताउँछन् । ‘अध्यक्ष र उपाध्यक्षको बीच ठूलो टकराव छ त्यसले समस्या छ’ उनी भन्छन्, ‘उपाध्यक्षलाई हेप्ने काम । प्रमुख नै सबै कुरामा हावी भएको अवस्था छ ।’
यता जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पलिकामा स्वतन्त्र भएर काम गर्न नसकिएको बताए । राम्रो काम गर्न खोज्दा दवाव आउने हुँदा काम गर्न सकस भएको बताउँछन् । दल र ठूला नेताका दवावका कारण काम गर्न समस्या भएको उनको गुनासो थियो ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया