हेटौंडाकाे वन विज्ञान क्याम्पस आफ्नै भवनमा

मकवानपुर । दशकदेखि विवादमा तानिदै आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को वन विज्ञान क्याम्पस आफ्नै भवनबाट सन्चालन हुने भएको छ । विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त १० करोड १३ लाख ११ हजार रुपैयाँ लागतमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवन तयार भएको हो ।
यो सँगै कृषि विश्व विद्यालय र वन विज्ञान विश्व विद्यालयबीचको विवाद साम्य भएको छ । आज वन विज्ञान अन्तरगतका डिन डाक्टर बलराम भट्टले वन बिज्ञान संकायका क्याम्पस प्रमुख शिवकुमार मान्जनलाई भवनको चाबी हस्तान्तरण गर्ने कार्यक्रम राखिएको थियो । यद्यपि क्याम्पस प्रमुख मान्जन भने चाबि लिन कार्यक्रममा सहभागी भएनन् ।
हेटौंडास्थित वन विज्ञान संकायका डिन डाक्टर भट्टले पहिले निकै दुख कष्टका साथ अध्यापन गराउँदै आएको भए पनि अहिले सहज रुपमा यस भवनबाट पढाउन थालिएको बताए । सुबिधा सम्पन्न पाँच तले २० कोठाको भवनबाट अध्यापन गराउँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनस्थित कृषि क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान परिसरमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्ने भनी कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ जारी भए पनि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच स्वामित्वको विवाद जारी छ ।
वन संकायका डीन डाक्टर बलराम भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । २०७६ जेठ ३० गते विवादित जग्गामा तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवन निर्माणको लागि शिलान्यास गरेका थिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया