नगरपालिकाले राजनीतिक आस्थाको आधारमा कर्मचारी आतंकित बनाएको आरोप

तेह्रथुम- नेपाल निजामती कर्मचारी युनियन तेह्रथुमले म्याङलुङ नगरपालिकाले राजनीतिक आस्थाको आधारमा आतंकित बनाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
निजामती कर्मचारीहरू सरकारले विधिसम्मत तरिकाले खटाएको स्थानमा गई काम गर्न तयार भए पनि स्थानीय सरकार आफैं प्रक्रिया अवरुद्ध गर्ने र कर्मचारीहरू सुविधाभोगी छन्, खटाएको स्थानमा गएनन् काम गरेनन् भनेर भ्रामक प्रचार गरी कर्मचारीप्रति जनताको नजरमा नकरात्मक सन्देश दिन खोजिएको भन्दै ध्यानाकर्षण गरेको जनाएको छ ।
निःस्वार्थ, कर्मठ र कर्तव्यनिष्ठ कर्मचारीहरूमाथि म्याङलुङ नगरपालिकाले बिना कारण राजनीतिक आस्थाको आधारमा कर्मचारीको मनोबल गिराउने, निराश, हतोत्साहित र आतंकित बनाई क्षणिक एवं निहित स्वार्थ पूरा गर्न बिना माग छानीछानी दुख दिएको युनियनका अध्यक्ष सन्देश नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नगरपालिकाका कतिपय शाखामा वर्षौंदेखि एउटै कर्मचारी राखी आर्थिक चलखेल गर्ने जस्ता क्रियाकलाप भएको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_daVnyQPxev_0dswutkdbjmodin1f6caujbkf0567iraf0kcgw6b1zlibkwk9zq0ewjaiwgz.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया