एएफसी यु-२० : कतारसँग नेपाल पराजित

काठमाडौँ- एएफसी यु-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ । बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।
यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६०औं मिनेटमा पुनः गोल खायो ।
बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए । त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो ।
पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ । सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २–१ को कठिन जित निकालेको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो । यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया