'संविधानले दिएको अधिकारअनुसार काम गर्न नसके संघीयता खतरामा'
लुम्बिनीमा प्रदेश समन्वय परिषदले पूर्णता पायो

बुटवल- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएको अधिकारअनुसार सरकारले काम गर्न नसके संघीयता खतरामा पर्ने बताएका छन् ।उनले संघीयता व्यवहारिक रूपमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीयतहरूका बीचमा उचित तालमेल आवश्यक भएको बताए ।
कपिलवस्तुको राजापानीमा भएको प्रदेश समन्वय परिषदको बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री केसीले संविधानले प्रदान गरेको अधिकार सूचीलाई पालना गरी अगाडि नबढेमा देशमा सत्ता सञ्चालनमा समस्या हुने दाबी गरे । नेपालको संविधानले सहकार्य, सहअस्तित्व र समझदारीमा तीन तहका सरकार संचालनको कल्पना गरेको पनि उनले बताए ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारका ४ वटा गौरवका आयोजनालाई साकार पार्नका लागि सबैको सहयोगको अपेक्षा रहेको जिकिर गरे । लुम्बिनी प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना र पाल्पाको रामपुरदेखि रोल्पाको पाटिहाल्नसम्मको मुख्य सडक निर्माण प्रदेशको गौरवको योजना रहेका छन् । उनले प्रदेशभित्रका प्रत्येक स्थानीय तहमा १/१ वटा गौरवको आयोजनाहरू निर्माण गरी प्रदेशमा सिफारिस गर्नका लागि समितिले निर्देशन गरेको बताउँदै त्यसलाई पनि नीतिगत निर्णय गरिने बताए ।
बैठकका अध्यक्ष समेत रहेका मुख्यमन्त्री केसीले खानीजन्य, नदीजन्य लगायतका वस्तुहरूको बिक्री एवं निकासीलाई ध्यान दिनुपर्ने बताए ।
साथै लुम्बिनी प्रदेश सरकारले वैज्ञानिक वन व्यवस्थानपनको कार्यावधि अगाडि बढाई सकेकाले वन व्यवस्थापन गरी प्रदेश सकारको र स्थानीय तहको आम्दानी निर्माण गर्ने मुख्यमन्त्रीको भनाइ छ ।
मुख्यमन्त्री केसीले विपतलाई सामना गर्नका लागि संघ र स्थानीयतहको समन्वय प्रदेशले गरेर नागरिकहरूको उद्धार गर्नुपर्ने बताए । संविधानले प्रदान गरेको एकल र साझा सूचीका अधिकारहरूलाई पालना गर्नका लागि एक अर्काको सहकार्यतामा कार्यसम्पादन गर्नका लागि सबै प्रदेशमा समन्वय परिषद्को गठन गरिएको छ ।
वैशाख २० गते सम्पन्न भएको स्थानिय निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि लुम्बिनीमा समन्वय परिषदले पूर्णता पाएको थियो । मुख्यमन्त्री केसीले प्रदेशका सबै जिल्लाबाट एक/एक जना स्थानीय तहका जनप्रतिनिधि मनोनयन गरेपछि १७ सदस्यीय प्रदेश समन्वय परिषदले पूर्णता पाएको हो ।
मुख्यमन्त्रीले परिषद सदस्यहरू अधिकांश माओवादी निकट नियुक्त गरेका छन् ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया