वागमती प्रदेशमा तामाङ र नेपाल भाषा कामकाजीको भाषा बनाइने
हेटौँडा- वागमती प्रदेशमा नेवार (नेपाल) भाषा र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । वागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्ण शर्मा खनालले जानकारी दिए । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको उनले बताए ।
त्यसैगरी सर्भर डाउन भएर अघिल्लो आवको रकम भुक्तानी पाउन नसकेकोमा प्रक्रिया मिलाउने निर्णय गरिएको बताउँदै झण्डै रु एक अर्ब ५० करोड भुक्तानी बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए । साथै असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको प्रवक्ता खनालले जनाए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया