साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौँ - दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।
तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।
कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५÷७६ मा रु आठ अर्ब २५ करोड, आव २०७६÷७७ मा रु नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७÷७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।
गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । कर्पोरेशनले आव २०७७÷७८ मा मात्रै रु। पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए । रासस

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया