आइपीएलमा राजस्थानको पहिलो जित
आज पञ्जाब र चेन्नेई खेल्दै

काठमाडौँ : आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बिहीबार राती भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हरायो ।
जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो । उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए ।
दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन् । त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।
राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो । पहिलो जित निकालेको राजस्थान २ अंकसहित पाँचौ स्थानमा छ । दिल्ली चौथो स्थानमा छ । दुई खेलबाट ४ अंक जोडेको बेंगलोर शीर्ष स्थानमा छ ।
आइपीएल क्रिकेटमा आज पञ्जाब र चेन्नेई खेल्दैछन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया