शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सेयर बजार निरन्तर ओरालोतर्फ, साताको दोश्रो कारोबारमा पनि गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो कारोबारमा पनि घटेको छ। सोमबार सेयर बजार परिसूचक १३.५९ अंकले घटेको हो ।

साताको सुरुवातमा ११.४७ अंकले घटेको बजार दोश्रो दिन पनि ओरालो लाग्दै परिसूचक १९१२.६९ मा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.३९ अंक घटेर ३७२.३४ मा झरेको छ। 

आइतबार ७४ करोड ७२ लाखको कारोबार भएको बजारमा सोमबार केही बढ्दै ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर २० हजार ५ सय ५८ पटकमा खरिद बिक्री भएको छ।

उप-समूहतर्फ म्युचुअल फण्ड सामान्य अंकले बढ्दा बाँकी १२ समूहको सेयर मूल्य घटेको छ। घट्दो बजारकाबीच २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४९ कम्पनीको सेयर मूल्य घटेको छ।