सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

काठमाडौँ : धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ ।
कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो ।
कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । (रासस)

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

प्रतिक्रिया