मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

डिसहोमको २ टेलिभिजन विज्ञापनले जित्यो कृति अवार्ड

काठमाडौँ - डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रा.लि.ले डिसहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर अवार्ड हात पारेको छ।

साथै  ए.एन.एस. क्रियशनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।

१२ औं संस्करणको कृति अवार्डमा डिसहोम फाइवरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।