वाईसीएल नेपालको टिम राहत सामग्रीसहित दार्चुला प्रस्थान

दार्चुला- नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपाल बाढीपहिरो पीडितलाई सहयोग गर्न राहत सामग्रीसहित दार्चुला प्रस्थान गरेको छ l
वाईसिएल नेपाल अध्यक्ष सुबोधराज सेर्पालीद्वारा शनिवार एक निर्देशन जारी गर्दै दार्चुला जिल्ला कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्धार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेका थिए l साथै बाढीपहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशीघ्र खोजबिन गर्न सरकारसँग माग गरेका थिए l
दार्चुला जिल्लाको महाकाली नगरपालिका लासुखोला बाङ्ग बगर र नौगाड गाउँपालिकामा भीषण वर्षापछि आएको बाढीले निम्त्याएको जनधनको क्षतिपछि राहत वितरणका लागि वाईसीएल नेपाल केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालयको तर्फबाट केन्द्रीय सचिव शिव बोगटीको नेतृत्वमा केन्द्रीय सदस्य डबल खाति , बसन्तसिंह कार्की लगायतका प्रतिनिधिसहित आपतकालीन राहात सामग्रीहरू लिएर धनगढीदेखि त्यसतर्फ प्रस्थान गरेको वाईसिएल स्रोतले बताएको छ ।
अझै थप राहातको लागि आवश्यक पहल भैरहेको वाईसीएल महासचिव गणेश शाहीले जानकारी दिए ।
गत भदौ ३ देखि ५ गतेसम्म राजधानीमा भएको वाईसिएलको दोस्रो राष्ट्रिय भेलाद्वारा अध्यक्षसेर्पलीको नेतृत्वमा तय गरेको नारा “आपत-विपतमा जनतासँग वाईसिएल” भन्ने प्रमाणित र तथ्यसंगत गराएर छाडिने जिकिर गरे l साथै थप राहत प्याकेज ल्याउने प्रतिबद्धता समेत जाहेर गरे l

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_hr41hynsjG_2y9corcnu9br6ffmvtnxawkiq0hexjeeceacirdgknctrndqvreqnzr9myj8.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया