'सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम' भदौ २९ गते काठमाडौँमा

काठमाडौँ - दिगो विकास लक्ष्य प्राप्तिका लागि जिआरआइडी अर्थात हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले यही भदौँ २९ गते काठमाडौँमा सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरमको आयोजना गर्ने भएको छ ।
नेपालले विश्व जलवायु सम्मेलन (कोप २६) मा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।
यस कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैक तथा वित्तीय संस्था, विज्ञ विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ ।
कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट हुने बोर्डले जनाएको छ । एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक(निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहर बीचमा सैद्धान्तिक बहस हुनेछ ।
लगानी बोर्डमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम आयोजनाबारे जानकारी दिँदै बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले लगानी गरिएको लगानीकर्ता र बोर्डसँग सम्पर्कमा रहेका जिम्मेवार लगानीकर्तालाई समेत सहजीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । बोर्डले अध्ययन गरेका परियोजनामा लगानी गर्न सक्ने सम्भावना भएका लगानीकर्ता समेत सहभागी हुने उनले जानकारी दिए।
यसअघि सन् २०१७ र २०१९ मा गरेको सम्मेलनले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा लगानीको अर्को गन्तव्य नेपाल रहेको सन्देश दिएको र यो सम्मेलन झन् सहयोगी हुने बताए।
रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका बिजनेस गाइड सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा बोर्डले गरेको छ ।
लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले विगतमा भएका यस्ता सम्मेलनबाट सिक्दै बोर्डले यसपटक फोरममा सिरियस लगानीकर्तालाई ल्याएको बताए । बोर्डका सह-प्रवक्ता रमेश अधिकारीले बोर्डले हालसम्म गरेका उपलब्धिहरूको जानकारी गराएका थिए ।
उद्घाटन सत्रसहित परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी उक्त कार्यक्रममा गराइनेछ भने एक्सिलेरेटिङ क्लाइमेट फाइनान्स इन नेपाल, इन्भेष्टमेन्ट इन नेपाल्स ट्रान्जिसन तथा बिजनेस इन्भाइरोमेन्ट फर डेभलपमेन्ट सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन नेपाल जस्ता सत्रहरू सञ्चालन हुने बोर्डले जानकारी दिएको छ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया