नेपाल एयरलाइन्सकाे उडान अब दोहा विमानस्थलबाट
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेकाे छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो ।
१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ । विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थलाई समेत प्रयोगमा ल्याएको हो ।
नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरु पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया