तुलाको ‘मेरो देश’मा राजेश हमालको अभिनय

काठमाडौं : नयाँ वर्षको अवसर पारेर ऊर्जा इन्जिनियर तुला पौडेल (टीआर पङ्गाली) को राष्ट्रिय गीत सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर रहेको ‘मेरो देश’बोलको गीतमा राजेश हमालले अभिनय गरेका छन् । गीतमा संगीत भने नरहरी प्रेमीको रहेको छ ।
गीतकार तुलाले आफूभन्दा पहिला देशलाई राखौं भन्ने भावनासहित यो गीतको रचना भएको बताएका छन् । ‘देशलाई सबैभन्दा माथि राखौं, देशका बाँचौं र देशका लागि मरौं भन्ने भाव प्रस्तुत गर्ने गरी यो गीतको रचना गरेको थिएँ । यसमा मूर्धन्य कलाकारको साथले मेरो यो भाव जिवन्त भएको महसुस भएको छ,’ पौडेलले भनेका छन् ।
हमालसँगै संगीतकार नरही प्रेमीले समेत अभिनय गरेको गीतको भिडियोलाई राजकुमारले निर्देशन गरेका हुन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा रिलिज भएको हो ।
पर्वत, कुश्माका स्थायीवासी पाैडेल पेशाले ऊर्जा इन्जिनियर हुन् । हाल उनी ऊर्जा अनुसन्धानकर्ताका रूपमा सार्क इनर्जी सेन्टर, इस्लामावाद, पाकिस्तानमा कार्यरत छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया