सुर्खेतमा फैलदै डेंगु

सुर्खेत । सुर्खेतका पछिल्लो समय डेंगुको संक्रमण फैलन थालेको छ । जिल्लामा दुई महिनाको अवधिमा एक सय पाँच जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी वीरेन्द्रनगर डेंगु संक्रमणको उच्च जोखिममा रहेको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण वीरेन्द्रनगरका ७५ जनामा फेला परेको छ । साउन र भदौको यो अवधिमा दिन प्रतिदिन संक्रमण पुष्टि भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा पुष्टि भएका संक्रमितमध्ये ७२ प्रतिशत वीरेन्द्रनगरका हुन् । गत वर्ष वीरेन्द्रनगरमा ९४ जनामा डेंगुको संक्रमण देखिएको थियो । अघिल्लो वर्षको तथ्यांक हेर्दा अझै संक्रमितको सख्या बढ्ने स्वास्थ्यकर्मीहरूको आकलन छ ।
वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगुको जोखिम धेरै छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. २, ३ र ४ मा धेरैमा संक्रमण देखिएको गिरीले बताए । डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजक हुनुपर्ने उनको भनाई छ । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने उनीहरूको भनाइ छ ।
डेंगु संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, हाडजोर्नी, मांसपेसी र ढाड दुख्ने तथा शरीरमा बिमिरा आउने, वाकवाकी लाग्नुका साथै बान्ता हुनेलगायतका लक्षणहरू देखिन्छन् । संक्रमितले समयमै उपचार नगरे गम्भीर स्वास्थ्य समस्या समेत देखिने बताइएको छ । डेंगुबाट बच्न मुख्य गरी लामखुट्टेको टोकाईबाट बच्चनुपर्छ ।
यता जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले तत्कालका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकतो रहेको बताए । परीक्षणको दायरा बढाउन पालिकाहरूसँग आवश्यक समन्वय भइरहेको गौतमको भनाई छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया