बिहीबार थप ५३४ जनामा कोभिड-१९ संक्रमण

काठमाडौँ : नेपालमा बिहीबार थप ५३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ८८ पिसिआर परीक्षणका क्रममा ४९० र ५६४ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा दुई लाख ७४ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४३ सय ८४ जना आइसोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख २९ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया