बास खोज्दै दार्चुलाका बाढीपीडित

दार्चुला- भदाै २४ गते राति आएको अविरल वर्षाका कारण अहिले दार्चुलाका बाढी पीडितहरू घरबारविहीन भएका छन् । उनीहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा बास बस्ने तरखरमा छन् ।
बाढीले घर बगाएपछि पीडितहरूलाई हातमुख जाेड्न समेत गाह्राे परेकाे छ । उनीहरूसित खानेकुरा नभएकाले महाकाली नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा दाल, चामल र नुन वितरण गरिएको छ ।
शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् । पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया