विद्युतीय बस खरिद प्रक्रियामै रुमल्लियो प्रदेश सभा

हेटौंडाः बागमती प्रदेश सभा फेरि पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदमा उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । विद्युतीय बस खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनको नाममा ५० लाख दिने मन्त्रिपरिष्दको निर्णय फिर्ता नभएसम्म संसद् अवरुद्ध रहने माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए ।
सरकारले पूर्वाधार र योजना नबनाई बस खरिद प्रक्रिया अघि बढाएको जनाउँदै सरकारको पैसा त्यहाँ फस्ने उनको भनाइ छ । बसमा लगानी गरेर दिगो रूपमा अगाडि बढ्न नसक्ने कुरा हुँदा पर्याप्त छलफल हुन जरुरी रहेको उनले बताए । विश्वासिलो वातावरण नबनेसम्म सरकारले विद्युतीय बस खरिद गर्न नहुने उनको तर्क छ ।
अवरोधको बिचमा पनि सदन चलेको भन्दै सरकार मुठभेटतर्फ गएको उनले बताए । २०७७ सालको सालको समीक्षा गदै नेता जम्कट्टेलले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार भागेको भाग्यै गरेको बताए । उनले प्रधामन्त्रीको कारण देशको संविधान खतरामा रहेको बताउँदै इमानको राजनीति गर्नुपर्नेमा जोड दिए।
बैठकमा संसदीय दलका नेताहरूले मात्र बोलेका थिए । प्रतिपक्ष दलको नेता इन्द्रबहादुर बानियाँले नयाँ वर्षको शुभकामना दिँदै सरकारले खरिद गर्न बोलपत्र आह्वान गरेको विद्युतीय बसको विषयमा विरोध गरे । यसअघि पनि विद्युतीय बसको खरिद प्रक्रिया नरोकिएको भन्दै प्रदेश सभा स्थगित हुँदै आएको थियो । बागमती प्रदेश सभा बस खरिद प्रक्रियामै रुमलिदै आएको छ ।
नेता बानियाँले कोरोनाको दोस्रो लहर आइसकेको समयमा त्यसको तयारी, बाढी पहिरोलगायतको विषयमा सरकारको तयारी के छ, त्यसको लागि आवश्यक बजेट कहाँबाट जुटाइँदै छ ? सदनलाई स्पष्ट गर्न सरकारसँग माग गरे । यता नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रमुख प्रतिपक्ष दललाई प्रतिपक्ष दलले साथ दिएको बताएका छन् । प्रदेश सभाको बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले संसदमा उठेर विरोध नगरे पनि सरकारले विद्युतीय बस खरिद प्रक्रिया नरोकेसम्म संसद अगाडि बढ्न नदिने जानकारी दिए ।
आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेशनलाई दिने ५० लाखको विषयमा जवाफ दिएका थिए । उनको जवाफ चित्त बुझ्दो नभएको र अमूर्त जवाफ आएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बैठकमा उठेर संसद अवरुद्ध पारेका थिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया