सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेकाे भेटियाे

महोत्तरी । किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेकाे छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनाधिकृत रुपमा मल बेच्ने गरेको खुलेकाे हाे ।
सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेकाे मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएकाे हाे । `शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,´ विजय सिंहले भने ।
व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई उदृद गर्दै प्रहरीले भनेको छ, 'हामीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ, उनले धेरै कुरा खुलाएका छन् ।´
अहिले नगरभित्र समयमा मल नआउँदा किसानहरू चिन्तित छन् । भएको मल समेत वितरक डिपोले मनोमानी गरेपछि किसान थप आक्रोशित बनेका छन् । वडामा पुरानो र नयाँ गरेर २७३ बोरा मल हुनुपर्ने वडा कार्यालयले जनाएकाे छ । किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ ।
`किसानहरूलाई राहत होस् भन्ने उदेश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्,´ वडा अध्यक्ष महतोले भने ।
शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पुर्याएको आरोप स्थानीयकाे छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।
अघिल्लो स्थानीय सरकारले अनुदान मल वितरण गर्ने जिम्मेवारी दिएका १४ वटै वडाका सहकारीको सम्झौता खारेज गरेपछि उनै रामजतन महतो उच्च अदालत जनकपुरमा रिट हाल्न पुगेका थिए । अदालतले पनि मल वितरणको जिम्मेवारी यथावत राख्न अल्पकालीन आदेश जारी गरेसँगै वडाका सबै सहकारीले मल वितरण अगाडि बढाएका थिए ।

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_v1NSZC7qVB_hzgac2yonuofnhvvnkkc1lj4nf5sa0tmsqg8mwq0dyqmyib9jydkrcoygyao.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

प्रतिक्रिया