पर्वत, म्याग्दी क्षेत्रमा दिउँसै अँध्यारो

काठमाडौँ : गण्डकी प्रदेशका पर्वत, म्याग्दीलगायतका जिल्लामा दिउँसै अँध्यारो भएको छ । दिउँसो ४ बजे आसपासदेखि एक्कासी अँध्यारो भएको म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘पुरैँ अँध्यारो जस्तो भयो,’ उनले भने, ‘दिउँसै लाइट नै बालेर हिँड्नु पर्ने भयो ।’
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले करिब आधा घण्टा अँध्यारो भएको बताए । ‘४ बजेदेखि आधा घण्टा त पुरै अँध्यारो नै भयो । अहिले सिमसिम पानी परिरहेको छ । त्यसपछि केही खुल्न थालेको छ । अहिले पनि सूर्य ग्रहण लागेको जस्तो अँध्यारो चाहिँ भइरहेको छ ।’ प्रजिअ अधिकारीले मौसममा आएको खराबीको कारण यस्तो भएको हुनसक्ने बताए ।

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

प्रतिक्रिया