भ्याट छली गर्ने न्यु राहुल र ब्याहुत ट्रेडर्सविरुद्ध ३० करोड रुपैयाँको मुद्दा

काठमाडौं : नक्कली मूल्य अभिवृद्धि कर -भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने न्यु राहुल मोबाइल सेन्टर र ब्याहुत ट्रेडर्सविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले उनीहरूविरुद्ध ३० करोड २८ लाख २ हजार ५७३ रुपैयाँ विगो असुल गरी जनकपुर उच्च मुद्दा दायर गरेको हो ।
मूअकर बिल प्रयोग गरी राजस्व छली गर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने न्यु राहुल मोवाईल सेन्टर हेटौडाको प्रोप्राईटर काजल केशरीविरुद्ध 12 करोड 35 लाख 25 हजार 22 रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पाटन उच्च अदालत, हेटौडा इजलासमा मुद्दा दर्ता गरेको छ ।
केशरीसँगै चितरंजन प्रसादले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक ईन्टरनेशनल प्रालिसँग खरिद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गरेको खुलेको थियो ।
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विरगञ्ज महानगरपालिका वडा नं. 12 रानिघाटका ब्याहुत ट्रेडर्स विरगञ्जका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत जनकपुर अस्थायी इजलासमा दर्ता गरिएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया