दार्चुला बाढी : सुतिरहेको अवस्थामा घरमा पहिरो खस्यो, चार जना बेपत्ता (भिडियो)

कैलाली- दार्चुला जिल्लाको बंगाबगड क्षेत्र, डुङरी, मुल्ला मैखोली, पन्नोणालगायतका क्षेत्रमा लास्कुखोलामा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । गएरातिदेखी परेको पानीका कारण आएको बाढी र पहिरोले दार्चुला करिब एक दर्जन घर बगाएको छ भने केही मानवीय क्षतिसमेत भएको आशंका गरिएको छ ।
बिहान करिब ३ बजेतिर आएको बाढी र पहिरोका कारण केही मानिस हताहत भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता हेमन्ती साउदले बताइन् ।
लास्कु खोलामा आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको बताउँदै साउदले नौगाड क्षेत्रको एक घरमा रहेका चार जना सम्पर्क बिहिन भएको बताइन् । उनले उनीहरू घरमै सुतिरहेको अवस्थामा घरमा पहिरो खस्न गई घर नै बगाएको बताइन् ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयले उद्दार तथा खोजी कार्य गरिरहेको बताउदै प्रबक्ता साउद आफूसमेत उक्त स्थानतर्फ जाँदै गरेको बताइन् ।

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_hr41hynsjG_2y9corcnu9br6ffmvtnxawkiq0hexjeeceacirdgknctrndqvreqnzr9myj8.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया