एनएसएलः धनगढीको मुख्य प्रशिक्षकमा युगल, ‘आइकोनिक प्लेयर’ मा किरण

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) टोली धनगढी एफसीले युगल किशोर राईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । त्यसैगरी, धनगढीले राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बु ‘आकोनिक प्लेयर’ का रुपमा अनुबन्ध गरेको छ ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रम गर्दै धनगढीले मुख्य प्रशिक्षक र ‘आकोनिक प्लेयर’ भित्र्याएको घोषणा गर्यो । लामो समय नेपाली घरेलु लिगमा बिताएका युगलले यसै साता सम्पन्न शहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबको प्रशिक्षण सम्हालेका थिए । उता गोलरक्षक किरण भने केही वर्षदेखि भारतमा व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
प्रशिक्षक युगलले एनएसललाई एउटा चुनौतीका रुपमा लिएको बताए । त्यस्तै, नेपालले थ्री-नेसन्स कप जित्दा टिमको कप्तानी गरेका किरणले पाँच वर्षपछि नेपाली लिगमा फर्कन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए । धनगढीले यसअघि नै विशाल राईलाई ‘मार्की प्लेयर’ का रुपमा अनुबन्ध गरिसकेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया