नेपाल रेल्वेले गर्यो दोस्रो चरणको रेल ट्रयाक परीक्षण

जनकपुरधाम । नेपाल रेल्वेले दोस्रो चरणको कुर्थादेखि बिजलपुरासम्मको रेल्वे ट्रयाक परीक्षण गरेको छ । निर्माण कार्य सम्पन्न भएपछि बिहीबार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर गुडाएर रेल परीक्षण गरेको हो ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म गएको चैत २० गते ३५ किलोमिटरको दूरीमा रेल परिक्षण गरेको थियो । जुन गत ५ महिनादेखि सञ्चालनमा रहेको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा उद्घाटन गरे पश्चात पहिलो चरणको रेल परीक्षण गरिएको थियो ।
दोस्रो चरणको परीक्षण अन्तर्गत बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म दुई पटक १७ किलोमिटर ३० र १०० को गुडाएर रेल्वे ट्रयाक परीक्षण गरिएको हो । तर रेलवे निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण गरेपछि नियमित रुपमा रेल संचालन ल्याइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनले भने ‘आज ट्रयाक परिक्षण गरिएको हो । पानी, बिजुली र भवनसहितका निर्माण कार्य सम्पन्न पश्चात निर्माण कम्पनी भारतीय कम्पनी इरकानले नेपाल रेल्वेलाई स्वामित्व हस्तान्तरण गरेपछि सो खण्डमा नियमित रुपमा रेल सञ्चालन हुनेछ ।’
तत्काल कम्पनीसँग दुईवटा रेलको मात्र ईन्जन र बोगी रहेको छ जुन जयनगर—कुर्थासम्म संचालनमा रहेको हो । महाप्रबन्धक झाले भने ‘हामीले थप रेल माग गरेका छौं तर अहिले सम्भव देखिदैन । जबसम्म नयाँ रेल उपलब्ध हुँदैन तबसम्म यही दुईवटा रेलबाट म्यानेज गर्नेछौं ।’
तेस्रो चरणको बिजलपुरा–बर्दिबासको खण्डमा १७ किलोमिटरको निर्माण कार्य पनि जारी रहेको छ । ट्रयाक र हाल्टको काम तीव्र गतिमा भइरहेपनि पनि बर्दिबास स्टेशनको केही ठाउँमा जग्गा मुआब्जा विवाद कारण काम हाल रोकिएको छ ।
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_DdpNZLtpMA_rothwufvtvp1mznghs7vth5cjlzwhz4tuwoprohuhslwuw0y3nmgehhgqeow.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_40QHm7Hl7W_t5cgv84explzmpxzep8mfywlvhecl8qyw0dokuowj3zcgibsehol7sg8janz.jpg)
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ

प्रतिक्रिया