गणित शिक्षकको नतिजा : माग संख्याभन्दा कम शिक्षक अन्तर्वार्ताका लागि छनौट
काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित विषयको परीक्षाफल प्रकाशित गरेको छ ।
गत चैत १५ र असार ९ गते लिइएको परीक्षाको नजिता बुधबार साँझ आयोगले सार्वजनिक गरेको हो । सबै प्रदेशमा गरी गणित विषयमा २९९ जना माग गरिएकोमा १५१ मात्र अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
सबैभन्दा धेरै प्रदेश १ मा ७६ जना माग भएकामा जम्मा २८ जना मात्र अन्तर्वार्ताका लागि छनौट भएका छन् । प्रदेश १ मा १४० जना दोस्रो (विषयगत) परीक्षामा सहभागी भएका थिए ।
मधेशमा १७ जनाको लागि लिइएको परीक्षामा जम्मा १५ जना सहभागी थिए । त्यसमा पनि ४ जना मात्र अन्तर्वार्ताका लागि छनौट भएका छन् । त्यस्तै, बागमती प्रदेशमा भने ५९ जनाको कोटामा ५४ जना अन्तिम चरणमा पुग्न सफल भएका छन् । बागमतीमा १७७ जनाले विषयगत परीक्षा दिएका थिए ।
गण्डकी प्रदेशमा ५५ जनाको मागमा ३२ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । १५० जना विषयगत परीक्षामा सहभागी भएका थिए ।
लुम्बिनीमा ३७ जनाको कोटामा जम्मा १४ जना मात्र अन्तर्वार्ताका लागि छानिएका छन् । ७३ जनाले विषयगत परीक्षा दिएका थिए ।
कर्णालीमा २९ जनाको कोटामा जम्मा ८ जना अन्तर्वार्तासम्म पुगेका छन् । यहाँ ६१ जना विषयगत परीक्षामा सामेल थिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि १६ जनाको कोटामा ११ जना मात्र पास भएका छन् । ४५ जनाले विषयगत परीक्षा दिन पाएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया