दुर्घटनामा अधिकृतसहित ५ को मृत्यु भएपछि गुल्मी प्रशासन शोकमा
बिहीबार कार्यालय पूर्णरूपमा बन्द, ३ देखि ६ गतेसम्म शान्ति सुरक्षा र मुद्दासम्बन्धी बाहेक काम नहुने

बुटवल : जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मी शोकमा डुबेको छ। आज (बिहीबार) प्रशासनबाट हुने सबै सेवाप्रवाह रोकिएको छ। नव वर्षको पहिलो दिन गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि कार्यालयका ११ जना कर्मचारीसहित १७ जना सवार रहेको लु १ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका-३, रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने ,कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका खरिदार ईश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिष मुखिया, मुना पाण्डे र सुनिता कँडेललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ। घाइतेमध्ये सार्थक ज्ञवाली, कमला पन्थी र सुनिता कँडेलको छाउनी अस्पतालमा, सन्दीप परियार, गीता मुखिया र मुना पाण्डेको टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिएका छन्।
मृतक पाँच जनामध्ये प्रशासकीय अधिकृत श्याम न्यौपानेको शव परिवारलाई जिम्मा लगाइ सकिएको र अन्य चार जनाको शव प्युठानबाट गुल्मी ल्याइ अन्तिम श्रदाञ्जली अर्पण गरी परिवारको जिम्मा लगाउने प्रशासनले जनाएको छ।
यस्तै प्रशासकीय अधिकृतसहित ५ जनाको सवारी दुर्घटनामा मृत्यु भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय पूर्ण रूपमा बन्द रहेको छ। जिल्ला प्रशासन कार्यालय र गुल्मी नै शोकमा रहेकाले मृतकको शोक स्मृतिमा प्रशासन एक दिन बिहीबार (आज) पूर्ण रूपमा बन्द रहेको प्रशासकीय अधिकृत उद्धव पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै शुक्रबार ३ गतेदेखि सोमबार ६ गतेसम्म शान्तिसुरक्षा र मुद्दासम्बन्धी कामहरू बाहेक अन्य सेवा प्रवाह नहुने समेत विज्ञप्तिमा उल्लेख छ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया