थपिए २२७ जना कोभिड संक्रमित, एकको मृत्यु

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर कोभिड-१९ बाट २२७ जना नयाँ संक्रमित थपिएका छन् ।
कूल ४ हजार ४०१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोभिड संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
सोही अवधिमा कोभिडबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोभिड संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया