देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ ।
यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारीसाधनलाई बन्द गरिने व्यवस्था कायमै राख्ने भएको छ ।
विभागले अनाधिकृत काउण्टर र परिचयपत्र नभएका व्यक्तिसँग टिकट खरिद नगर्न अनुरोध गरेको छ । यातायात व्यवसायीहरूले अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउनु पर्ने छ ।
अनलाइन टिकक बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट तथा सहुलियत प्रदान गर्नुपर्नेछ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीसाधन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरहरूसँग समन्वय गरी सहकार्य गर्नुपर्नेछ ।
कोभिड-१९ बाट सुरक्षित रहनका लागि यात्रुलाई अनिवार्य मास्कको प्रयोग लगाउनुपर्नेछ । यात्रा गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेछ ।मुख्य सडकको मर्मत गरी यातायात सञ्चालनमा सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने । आवश्यक यातायातको व्यवस्था व्यवसायीले गर्नुपर्नेछ ।
यसपालिको दसैंको लागि आगामी असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायीहरूले मध्यम तथा लामो दूरी यात्रा गर्ने यात्रीका लागि १ गतेबाट टिकट खुला गर्ने भएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया